नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ : नेता सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ : नेता सिंह

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने बताएका छन् ।

आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्ताहरुलाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले न्युनतम नैतिकता समेत नदेखाएको उनको भनाई छ ।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजिनामा माग नगरेको परिस्थिति भएपनि राजनीतिको मुल्यमान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने उनले बताए  । उनले भने – ‘सरकारले राजनीतिमा देखाउनुपर्ने, दर्शाउन सक्नुपर्ने कुरा प्रधानमन्त्रीले राजिनामा दिएर गर्नुपर्नेमा नगरेको र माओवादी केन्द्रले समर्थन अहिलेसम्म फिर्ता लिन नसकेको । जनता समाजवादी पार्टीले पनि पार्टीबाट अनैतिक सरकारको राजिनामा गराउनको लागि, प्रमुख प्रतिपक्षी दल कांग्रेस हामी त तयार छौँ । तर संख्या नपुग्दैमा खाली सरकारको परिवर्तनको कुरा गरेर मात्रै हुँदैन । हामी के चाहान्छौँ त भन्दाखेरी न्युनतम रुपमा राजनीतिमा हुनुपर्ने मुल्य, मान्यता, नैतिकता भन्नेकुरा लागु हुनुपर्छ भन्ने कुरामा जोड दिइरहेका छौँ । कम्युनिष्टहरुको सरकारले ५ वर्षसम्म दिएको म्याण्डेड पुरा गर्न सकेको छैन । र अब बाँकी रहेको समयमा अझ राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनका लागि सबै दलहरु लागेर अगाडी बढ्नुपर्छ र निकास दिनुपर्छ भन्ने कांग्रेसको भनाई छ ।’

नेता सिंहले कम्युनिष्ट पार्टीले जनताले पाँच वर्षका लगि दिएको म्याण्डेड पुरा गर्न नसकेको बताए । देशलाई अस्थिरता बाट बचाउन सबै दलहरुले निकास दिनुपर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);