राष्ट्रपति भण्डारी दुई दिवसीय भ्रमणमा बंगलादेश जादैं | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राष्ट्रपति भण्डारी दुई दिवसीय भ्रमणमा बंगलादेश जादैं

काठमाडाैं, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार छिमेकी मित्रराष्ट्र बंगलादेशको राजकीय भ्रमणमा जाने भएकी छन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी दुई दिवसीय भ्रमणमा जान लागेकी हुन् ।

बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीमा आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीको सहभागिता रहनेछ । भ्रमणको अवसरमा राष्ट्रपतिले नेपाल र बंगलादेशको सम्बन्ध र बंगलबन्धुको जन्म शताब्दीको बारेमा सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीसँग बंगला भवनमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै आफ्ना समकक्षीले आयोजना गर्ने स्टेट ब्याक्वेटमा सहभागी हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी भ्रमणका अवसरमा सावरस्थित राष्ट्रिय शहीद स्मारक र धनमण्डीमा रहेको बंगलबन्धुको स्मृति संग्राहालयको अवलोकन गर्नेछिन् । राष्ट्रपतिको सम्मानमा नेपाली दूतावासमा आयोजना हुने दिवा भोजमा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत वरिष्ठ अधिकारी तथा सम्बन्धित मन्त्रालयका मन्त्री सहभागी हुने बताइएको छ । राष्ट्रपति भण्डारी यही चैत १० गते स्वदेश फर्कनेछिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);