बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

abdul in nepal

काठमाडौं, २६ कात्तिक । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद ४ दिने औपचारिक राजकीय भ्रमणका लागि आज नेपाल आउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति हमिद चार दिने नेपालको राजकीय भ्रमणमा काठमाण्डौं आउनुभएको हो ।

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजकीय सम्मानका साथ स्वागत गरिएको छ  । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बंगलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुनेछ । सो क्रममा राष्ट्रपति भण्डारीले समकक्षी हमिदको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार हमिदसंग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ  ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);