नेवि संघद्वारा राजधानीमा प्रदर्शन, प्रधानमन्त्री ओलीले भारतसंग कुरा गर्न नसकेको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

नेवि संघद्वारा राजधानीमा प्रदर्शन, प्रधानमन्त्री ओलीले भारतसंग कुरा गर्न नसकेको आरोप

nebi sangh birodh

काठमाडौं, २६ कात्तिक । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले भारतले नेपाली भूमि मिच्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीको भारत समक्ष स्पष्ट कुरा राख्न नसकेको आरोप लगाएको छ ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरेको बिरोधमा मंगलवार राजधानीमा प्रदर्शन गर्दै नेविसंघले उक्त आरोप लगाएको हो । नेवि संघले भारतले नेपाली भूभाग मिच्दा समेत प्रधानमन्त्री ओली गम्भीर नबनेको भन्दै राजीनामा दिनु पर्ने माग समेत गरेको छ ।

नेविसंघ, काठमाडौं जिल्ला समितिको आह्वानमा आयोजना गरिएको उक्त विरोध प्रर्दशनमा राष्ट्रियता जोगाउन अपिल गर्दै सडकमा आउन पनि सबैलाई आग्रह गरिएको थियो । नेविसंघले भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएको छ ।

नेविसंघले भारत सरकारसँग नेपाली भूमि फिर्ता लिन माग गर्दै काठमाडौं लगायतका देशका मुख्यमुख्य सहरमा विरोध प्रर्दशन गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);