भारत विरुद्ध अनेरास्ववियूको काठमाडौंमा विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

भारत विरुद्ध अनेरास्ववियूको काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, २० कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

अनेरास्ववियूले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गर्दै बुधबार अपरान्ह काठमाडौंमा प्रदर्शन गरेको हो । त्यस क्रममा उनीहरुले भारतले अतिक्रमण गरेका नेपालका सबै भूमि फिर्ता गर्न तत्काल कूटनीतिक पहल गर्न सरकारसँग पनि खवरदारी गरेका छन् ।

नेपाली भूमि भारतीय नक्सामा समावेश गरिएकाले त्यसको विरोधमा प्रदर्शन गर्नु परेको अनेरास्वववियूका केन्द्रिय सदस्य टपेन्द्रबहादुर शाहीले जानकारी दिनु भयो ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रर्दशनमा विद्यार्थी नेताहरुले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो होः, गो व्याक इन्डिया’ जस्ता भारत विरोधी चर्का नाराबाजी गरेका थिए ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा कालापानी, लिपुलेक लगायतका भूमि समावेश गरिएको छ । त्यसको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध विद्यार्थी संगठन नेविसंघले पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);