भारतीय दुतावासमा नेविसंघले बुझायो ज्ञापन पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भारतीय दुतावासमा नेविसंघले बुझायो ज्ञापन पत्र

काठमाडौं, २१ कात्तिक । नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै बिहीबार भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ ।

नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले बिहीबार काठमाडौंको लैनचौरस्थित भारतीय दुतावासमा पुगेर नेपाली भूमि भारतको नक्साबाट हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

त्यस अवसरमा नेविसंघका नेता तथा कार्यकर्ताहरुले भारतीय दुतावास अगाडि ‘गो व्याक इन्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्दै भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

कालापानीलगायतका नेपाली भूमि समावेश गरिएको भारतीय नक्सा सार्वजनिक भएपछि नेविसंघले त्यसको विरोधमा भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा तत्काल भारतीय नक्साबाट नेपाली भूमि हटाउन पनि माग गरिएका प्ले कार्डहरु पनि प्रदर्शन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);