नेपाली भूमि भारतको नक्साबाट हटाउन माग गर्दै नेविसंघको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाली भूमि भारतको नक्साबाट हटाउन माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं, २१ कात्तिक । नेपाल विद्यार्थी संघले भारतीय नक्साबाट नेपाली भूमि हटाउन माग गर्दै भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले बिहीबार काठमाडौंको लैनचौरस्थित भारतीय दुतावासमा पुगेर नेपाली भूमि भारतको नक्साबाट हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

त्यस अवसरमा नेविसंघका नेता तथा कार्यकर्ताहरुले भारतीय दुतावास अगाडि ‘गो व्याक इन्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्दै भारतविरुद्ध नाराबाजी गरेका थिए ।

विरोध प्रर्दशनमा तत्काल भारतीय नक्साबाट नेपाली भूमि हटाउन पनि माग गरिएका प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);