सुदूरपश्चिम प्रदेशकी प्रमुख शर्मिला कुमारी पन्त त्रिपाठीद्धारा पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुदूरपश्चिम प्रदेशकी प्रमुख शर्मिला कुमारी पन्त त्रिपाठीद्धारा पदभार ग्रहण

sarmila kumari pant tripathi

धनगढी, २१ कात्तिक । सुदूरपश्चिम प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख शर्मिला कुमारी पन्त त्रिपाठीले बिहीबार पदभार ग्रहण गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदेश प्रमुखमा नियुक्त भएपछि बुधबार साँझ धनगढी पुग्नु भएकी पन्तले बिहीबार प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नु भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रमुख भएर आउन पाउँदा निकै खुशी लागेको बताउँदै उहाँले प्रदेशवासीको साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश प्रमुख पन्तको पदभार ग्रहणमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत मन्त्री, सांसद् र कर्मचारीहरूको सहभागिता थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);