उम्मेदवारद्वारा मनोनयन दर्ता, टुरिष्ट बसपार्कमा बम बिस्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

उम्मेदवारद्वारा मनोनयन दर्ता, टुरिष्ट बसपार्कमा बम बिस्फोट

kaski 2 ummedwar

कास्की, २१ कात्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रतिनिधि र प्रदेश सभाको लागि बिभिन्न राजनीतक दलका उम्मेदवारले बिहिवार मनोनयन दर्ता गरेका छन् ।

प्रतिनिधिसभाको लागि कास्की क्षेत्र नम्बर २ मा रित्त रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बिहिबार नेकपा, नेपाली कांग्रेस लगायत अन्य साना पार्टी सहित १३ जनाले मनोनयन दर्ता गरेका छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएका कारण प्रतिनिधिसभाको कास्की २ मा उपनिर्वाचन हुँदै छ । नेकपाले अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेसले खेमराज पौडेललाई उठाएको छ  । त्यसैगरी विवेकशीलले जमुना शर्मा र साझा पार्टीले रजनी केसीलार्ई उम्मेदवार बनाएका छन् ।

यसैगरी प्रदेश सभाको उपनिर्वाचन हुने बाग्लुङ २ (ख) दाङ क्षेत्र नम्बर ३ (ख) र भक्तपुर क्षेत्र नम्बर १ को (क) मा नेकपा,नेपाली कांग्रेस लगायतका पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन । मनोनयन दर्ताको कार्यक्रम भइरहँदा कास्कीको मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको छ । पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको टुरिष्ट बसपार्कमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);