कर्णाली राजधानी सुर्खेतमा गठबन्धनका पुरानै नेताबिच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कर्णाली राजधानी सुर्खेतमा गठबन्धनका पुरानै नेताबिच प्रतिस्पर्धा

सुर्खेत। मंसिर ४ गते हुन गैईरहेको प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत जिल्लाको चुनानी उम्मेदवारहरु यसपाली पनि पुरानै दोहोरिएका छन् । दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा लोकतान्त्रिक र बाम गठबन्धनहरुले पुरानै नेताहरुलाई उम्मेदवार बनाएका छन् । कांग्रेस, एमाले र माओवादी पार्टीको त्रिकोणात्मक प्रतिस्पर्धा रहेको सुर्खेतमा गठबन्धनका दलले विगत २०६४ सालदेखिका उम्मेदवारहरु नै प्रतिस्पर्धामा उर्तिएका हुन् ।
सुर्खेतमा लोकतान्त्रिक गठबन्धनतर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेस र माओवादीबाट प्रतिनिधि सभा सदस्यका लागि हृदयराम थानी, प्रदेश सभातर्फ सुर्खेत–२, (क) मा कालिप्रसाद शाक्य, २ (ख) मोओवादी केन्द्रतर्फबाट बिन्दमान विष्टले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभा उम्मेदवार थानी यस क्षेत्रबाट २०५४ सालदेखि लगातार सांसदमा उम्मेदवारी रहदै आएको छ । प्रदेश सभाका उम्मेदवारहरुले २०५४ सालमा समेत उम्मेदवारी बनेका थिए । बाम गठबन्धनबाट सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभातर्फ अमृत विसी, प्रदेशसभा (क) मा यामलाल वmँडेल र (ख) मा तारावmेशर गौतमलाई उम्मेदवार बनाएको छ ।

एमालेका तीन जना उम्मेदवार विगतमा समेत उम्मेदवारी बनेका थिए ।
सुर्खेतमा सुर्खेत क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ बाम गठबन्धनबाट ध्रुवकुमार शाही, प्रदेशसभा (क) मा ठम्मर विष्ट र (ख) मा डण्डीप्रसाद शर्माले उम्मेद्वार रहेका छन् । प्रतिनिधी सभा शाही २०७४ को सांसद हुन भने विष्ट प्रदेश सभाको निर्वाचित सांसद हुन् भने शर्मा २०७४ मा समेत पार्टीबाट उम्मेदवारी सिफारिस भएको थियो । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन क्षेत्र नम्वर १, बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका छन् । पार्टी उपसभापति रहेका खड्का यो क्षेत्रबाट २०४८ सालदेखि प्रतिनिधी सभा उम्मेदवार हुँदै आएका छन् । प्रदेश सभातर्फ सुर्खेत क्षेत्र नम्वर १, क’ बाट नेकपा माओवादी वmेन्द्रका वृmष्ण जिसी र प्रदेश सभा ख’ बाट नेपाली काँग्रेसका खड्क पोखरेलको उम्मेदवारी रहेका छ । जिसी र पोखरेल २०७० र २०७४ सालमा उम्मेदवार बनिसकेका छन् । सुर्खेतमा मंसिर ४ मा पुरानै दलका उम्मेदवारहरुको गठबन्धनबाट प्रतिस्पर्धा हुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);