कर्णाली प्रदेशका चार जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कर्णाली प्रदेशका चार जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

सुर्खेत । कर्णालीका १० जिल्लामध्ये चार जिल्लामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन भएका हुन् । सल्यानमा गोविन्दकुमार पुन, डोल्पामा शेरबहादुर बुढा, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । 

सुर्खेतमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अमृतबहादुर बिसी र डण्डीप्रसाद शर्माबीच प्रतिस्पर्धा भईरहेको छ । सुर्खेतमा सोमबार निर्वाचन हुँदैछ । कालिकोट, दैलेख र जाजरकोट नेतृत्वका लागि धेरैजना आकांक्षी छन् । यी जिल्लामा सर्वसम्मत हुन नसकेमा निर्वाचन हुनेछ । 

कर्णालीका १० जिल्लामध्ये गत शनिबार आठ जिल्लामा अधिवेशन सुरु भएको थियो । बाँकी रहेका मुगुमा मंगलबार र हुम्लामा २३ माघमा जिल्ला अधिवेशन हुने एमालेककर्णाली प्रदेश सचिव विनोदकुमार शाहले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);