कांग्रेस महाधिवेशन : कर्णालीका स्थानीय तहमा देउवा पक्ष बलियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कांग्रेस महाधिवेशन : कर्णालीका स्थानीय तहमा देउवा पक्ष बलियो

सुर्खेत । कर्णालीका १० जिल्लामध्ये आठ जिल्लाका ६२ स्थानीय तहमा नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि पालिकास्तरीय नेतृत्व चयन भएका छन् । केही स्थानीय तहमा सर्वसम्मत र केही स्थानीय तहका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबीच कडा प्रतिस्पर्धामा भएको छ । कर्णालीका डोल्पा र सुर्खेतमा सदस्यता विवादका कारणले वडा अधिवेशन हुन सकेको छैन ।

कालीकोटमा देउवा पक्ष 

नेपाली कांग्रेसको कालीकोटका नौ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो । यहाँ सबै स्थानीय तहमा देउवा प्यानलका विजयी भएका छन् । 
जिल्लाको रास्कोट नगरपालिकामा वीर फर्साल, खाडाँचक्र नगरपालिका भानुभक्त आचार्य, तिलागुफा नगरपालिकामा धिरेन्द्र थापा, पलाता गाउँपालिकामा धीरबहादुर बम, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, सान्नी त्रिवेणी गाउँपालिकामा वीरेन्द्र केसी, पचालझरना गाउँपालिकामा प्रजापति सन्ज्याल, शुभकालिका गाउँपालिकामा दीर्गबहादुर शाही र महावैै गाउँपालिकामा पुराधी अधिकारी  सभापतिमा चयन भएका छन् । 

सल्यानमा देउवा र पौडेल बराबर

सल्यानका १० स्थानीय तहमध्ये दुई स्थानीय तहमा सर्वसम्मत सभापति चयन भएका छन् भने आठमा स्थानीय तहमा चुनाव सभापति चयन भएका छन् । त्रिवेणी गाउँपालिकामा गङ्गाराम पुन देउवा प्यानलका हुन भने सिद्धकुमाखमा वीरबहादुर बुढाथोकी पौडेल प्यानलका सभापतिमा चयन भएका छन् । सल्यानका १० स्थानीय तहमा पौडेल पक्षका ५ जना र देउवा पक्षका ५ जना सभापतिमा चयन भएका छन् । 

त्यस्तै चुनाव भएका कालिमाटी गाउँपालिकामा गणेश केसी, शारदा  नगरपालिकामा दीपक हमाल, बनगाढ कुपिण्डे नगरपालिकामा पुरुषोत्तम आचार्य, र कपुरकोट गाउँपालिकामा एकराज ओली पौडेल पक्षका सभापति चयन भएका छन् । त्यस्तै, देउवा पक्षका कुमाख गाउँपालिका इन्द्र शाही, दार्मा गाउँपालिकामा कृष्णबहादुर ओली, छत्रेश्वरी गाउँपालिकामा सीता केसी सभापति चयन भएका छन् । 

जुम्लामा पौडेल प्यानलको वर्चश्व

जुम्लाका आठ स्थानीय तहमध्ये दुईवटा स्थानीय तहमा मात्र देउवा प्यानलले सभापति विजयी भएको छ । ६ वटा स्थानीय तहमा पौडेल प्यानल चयन भएको छ ।
पौडल पक्षका कनकासुन्दरी गाउँपालिकामा लालु बुढा, हिमा गाउँपालिकामा नरबहादुर शाही, तातोपानीमा धनकृष्ण चौलागाईं, तिलामा भक्तबहादुर रोकाया र पातारासीमा रतनसिंह बुढा सभापति चयन भएका हुन ।

देउवा पक्षका सिँजा गाउँपालिकामा गोविन्द शर्मा र र गुठिचौरमा टेकबहादुर भण्डारी सभापति चयन भएका छन् । चन्दननाथ नगरपालिका भएको निर्वाचनमा पौडेल पक्षका रवि थापा सभापति चयन भएका छन् । देउवा प्यानलबाट अंग चौलागाइ निर्वाचनमा पराजित भएका हुन् । 

दैलेखमा देउवा पक्ष हावी

दैलेखका ११ स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा निर्वाचन सम्पन भएको छ । भगवतीमाई गाउँपालिकामा र भैरवी गाउँपालिकामा विवादका कारणले निर्वाचन हुन सकेको छैन् । दैलेखका ९ वटा स्थानीय तहमा अहिले देउवा पक्षका ६ वटा स्थानीय तहमा सभापति विजयी भएका छन् । पौडेल पक्षका ३ स्थानीय तहमा विजयी भएका छन् । 

दुल्लु नगरपालिकामा देउवा पक्षका लालबहादुर रावत, नारायण नगरपालिकामा देउवा पक्षका मनोज थापा, नौमुले गाउँपालिकामा गंगबहादुर शाही, चामुण्डाविन्द्रासैनी नगरपालिकामा जगतबहादुर शाही, डुंगेश्वर गाउँपालिकामा पनि देउवा पक्षका भीमबहादुर भट्ट विजयी भएका छन् ।  आठबीस नगरपालिकामा देउवा पक्षका अर्जुन शाही सभापति भएका छन् ।  ठाँटीकाँध गाउँपालिकामा पौडेल पक्षका विष्णुप्रसाद रिजाल, गुराँस गाउँपालिकामा चन्द्र भट्टराई र महाबु गाउँपालिकामा कर्णबहादुर शाहीले सभापति विजयी भएका छन् । 

हुम्ला सबै पालिका देउवा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संसदीय दलका नेता जीवन शाहीको गृहजिल्ला हुम्लामा सातवटा गाउँपालिकामध्ये ६ वटामा सर्वसम्मत देउवा पक्षका सभापति चयन भएका छन् । 

नाम्खा गाउँपालिकामा सोनामबहादुर लामा, सिमकोट गाउँपालिकामा धर्मराज रोकाय, खार्पुनाथमा टक्कबहादुर शाही, चंखेलीमा नरबहादुर भण्डारी, अदानचुलीमा विष्णु भण्डारी र ताँजाकोटमा कृष्ण बहादुर मल्ल सभापति भएका छन् । सर्केगाड गाउँपालिकामा विवादका कारणले सभापति चयन हुन बाँकी रहेको छ । 

रुकुमपश्चिम कुनै पक्ष खुलेनन् 

रुकुमपश्चिका ६ स्थानीय तहमा मुसिकोट नगरपालिकामा प्रेमबहादुर ओली, आठबीसकोट नगरपालिकामा अमृत बोहरा, चौरजहारी नगरपालिकामा प्रेमबहादुर ओली, बाँफिकोट गाउँपालिकामा जनककुमार बाँठा (जेके), सानीभेरी नगरपालिकामा सन्तोष रोका र त्रिवेणी गाउँपालिकमा दीपेन्द्रकुमार ओली सभापति चयन भएका छन् । यिनीहरू कुनै पक्षमा खुलेका छैनन् । 

जाजरकोटमा सभापति विजयी भन्छन्– हामी कुनै गुटमा छैनौँ

जाजरकोटको भेरी नगरपालिकामा शशी बुढा, छेडागाड नगरपालिकामा टोपेन्द्र अधिकारी, शिवालय गाउँपालिकामा जस्विर वली, नलगाड नगरपालिमा जयबहादुर सिंह र बारेकोट गाउँपालिकामा रामचन्द्र ज्योति निर्विरोध सभापतिमा चयन भएका छन् ।

कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा निर्वाचन भए पनि नतिजा सार्वजनिक हुन बाँकी छ । 

जिल्लाको नेतृत्व नै सर्वसम्मत गर्नेगरी तयारी थालेकोले टीमको कुरा भन्न नमिल्ने नेपाली कांग्रेसबाट भेरी नगरपालिका विजयी भएका शशी बुढाले बताए । ‘हामी कुनै गुट बनाउने पक्षमा छैनौँ’,  उनले भने, ‘त्यसैले हामी कुनै गुटमा खुलेका छैनो ।’

मुगुका तीन गाउँपालिका सर्वसम्मत, एक कडा प्रतिस्पर्धा 

मुगुकाका चार स्थानीय तहमध्ये तीन स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । सोरु गाउँपालिकामा सूर्यजंग शाही, कार्मारोङ गाउँपालिकामा गारा तामाङ र खत्याड गाउँपालिकामा लोकराज दाहाल सभापतिमा सर्वसम्मत चयन भएका छन् । छायाँनाथ रारा नगरपालिकामा भने देउवा टिमबाट चक्रबहादुर सावद र पौडेल टिमबाट राजबहादुर सेजुवालबीच सभापतिका लागि आज निर्वाचन भइरहेको छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);