एमाले मुगुको स्थानीय तहमा सर्वसम्मत नेतृत्व | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

एमाले मुगुको स्थानीय तहमा सर्वसम्मत नेतृत्व

मुगु । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले मुगुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । नेकपा एमाले मुगुले वडा तह र स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

जिल्लाको छायानाथ रारा नगरपालिकामा परेकराज चौलागाईं, खत्याड गाउँपालिकामा डिलबहादुर थापा, सोरु गाउँपालिकामा दानबहादुर बुढा र मुगुम कार्मारोङ गाउँपालिकामा रतनबहादुर बुढाको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा जिल्ला पार्टी प्रवक्ता डवलबहादुर रोकायाले जानकारी दिए । 

‘जिल्लामा सञ्चालन भएका वडा तह र स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन गरेका हौं’, रोकायाले भने । जिल्लाको ४५ वडामा ३१ सदस्सीय कमिटी रहेको छ भने चार वटा स्थानीय तहमा अध्यक्षसहित ७५ सदस्सीय कमिटी रहेको रोकायाले जानकारी दिए । 

मुगुम कार्मारोङ गाउँपालिका-८ को अध्यक्षमा २० वर्षीय छिरिङ ग्याम्जो लामा चयन भएका छन् । छायानाथ रारा नगरपालिका-२ को अध्यक्षमा रूपबहादुर तिरुवा र वडा नम्बर ११ मा दलबहादुर कुमाल वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

नगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा रजनी भाम चयन भएको एमाले मुगुले जानकारी दिएको छ । राष्ट्रिय महाधिवेशनको लागि मुगु जिल्लाबाट ८ जना प्रतिनिधि छनोट प्रक्रिया रहेका छन् ।

Leave a Reply