एमाले अधिवेशन: सुर्खेतका ९९ वटा वडामध्ये ८० वडामा सर्वसम्वत नेतृत्व चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले अधिवेशन: सुर्खेतका ९९ वटा वडामध्ये ८० वडामा सर्वसम्वत नेतृत्व चयन

सुर्खेत । नेकपा एमालेको सुर्खेतको ९९ वटा वडामा भएको अधिवेशनमा ८० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । मंगलबार भएको वडा अधिवेशनमा ८० वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने बाँकी १९ वटा वडामा विवाद छ ।

६ कात्तिकमा देशभरका वडा अधिवेशन सम्पन्न भए पनि सुर्खेतमा ९ कात्तिकमा वडा अधिवेशन भएको हो । निर्वाचन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले बताए ।

वडा कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता रहेको भए पनि नेतृत्व तहमा न्यून महिलाको सहभागिता देखिएकाे छ । निर्वाचन सम्पन्न भएका ८० मध्ये ७८ वडाको नेतृत्व पुरुषले लिएका छन् । दुई वडाको नेतृत्व महिलाको हातमा पुगेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ र १० को नेतृत्व महिलाले लिएका हुन् । सुर्खेतको वीरेन्द्रनगरपालिका वडा नम्बर ८ मा देवी पौडेल र वडा नम्बर १० लक्ष्मी शाही अध्यक्षमा निर्वाचित भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);