लमजुङमा राति ८ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लमजुङमा राति ८ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

लमजुङ। दीपावलीका अवसरमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएकोे छ ।  जिल्ला प्रशासन कार्यालय लमजुङले देउसी–भैलोलगायतका साँस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्तिसुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने भएकाले राति ८ बजेसम्म मात्रै देउसी–भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ ।  विस्फाेटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री–वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

साथै, दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतसबाजीलगायतका विस्फाेटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);