मकवानपुरमा भोलिबाट निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मकवानपुरमा भोलिबाट निषेधाज्ञा

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज राति १२ बजेदेखि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा लगाउने भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले आज रातिदेखि लागू हुनेगरि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । जनभावना अनुसार नै निषेधाज्ञा लागू गरेको र यही वैशाख ३१ गते राति १२ बजेसम्म रहने बताइएको छ ।

निषेधाज्ञामा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न नजिकका पायक पर्ने स्थानमा जानबाहेक अन्य अनावश्यक काम हिँड्डुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । बैठकले अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी बिक्रीवितरण गर्ने पसल बिहान ५ देखि ९ बजेसम्म मात्र खोल्न पाइने, औषधि पसल, पेट्रोल पम्प, ग्यास डिपो, अक्सिजन सिलिन्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका वर्कशप नियमित सञ्चालन गर्ने निर्णय गरेको बैठकपछि जारी सूचनामा उल्लेख छ ।

त्यस्तै, बैंक, वित्तीय संस्था तथा सहकारीबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भीडभाड नहुने गरी आलोपालो विधिबाट बिहान ९ देखि अपराह्न ४ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);