आजबाट रामेछापमा जिल्लाभरी निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

आजबाट रामेछापमा जिल्लाभरी निषेधाज्ञा

रामेछाप । रामेछाप जिल्लामा आज राति १२ बजेबाट जिल्ला भरी नै निषेधाज्ञा घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभर निषेधाज्ञा घोषणा गरेको हो ।

यस अघि मन्थली र रामेछाप नगरपालिका तथा गोकुलगंगा गाउँपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएकोमा आजबाट जिल्ला भरि लागुहुने गरी घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

आज राति १२ बजेदेखि लागुहुने निषेधाज्ञा जेठ ९ गते राति १२ बजेसम्म कायम हुने छ । बुधबार बसेको जिल्ला विपत् व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णय अनुसार स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

यस अवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द हुने भएका छन् । औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेक सबै सरकारी कार्यालय, संस्था, वित्तिय संस्था बन्द गर्न आदेश दिइएको छ । अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयमा समेत न्युन कर्मचारी राखी सेवा प्रवाह गर्न प्रशानले आदेश दिएको छ ।

निषेधाज्ञाको बेलामा बिहान ६ बजेदेखि नौ बजेसम्ममात्र अत्यावश्यक खाद्य सामग्रीका पसल खोल्न पाइने छ । बैठक, भेला, गोष्ठि, सभा, धार्मीक तथा सांस्कृतिक चाडबाड लगायतका मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री बोकेका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, शव वाहन स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन, सञ्चाकर्मीले प्रयोग गर्ने साधन बाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);