झापामा आईतबार राती १२ बजेदेखी आठ दिनका लागि निषेधाज्ञा लागू | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

झापामा आईतबार राती १२ बजेदेखी आठ दिनका लागि निषेधाज्ञा लागू

झापा जिल्ला प्रशासन कार्यालय झापाले आईतबार राती १२ बजेदेखी आगामी २६ गते मध्यराती १२ बजे सम्मका लागि आठ दिन निषेधाज्ञा लागू गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सूचना जारी गर्दै निषेधाज्ञा लागूको जानकारी दिएको हो । निधेषाज्ञा अवधिभर जिल्लामा चल्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

सरकारी कर्मचारीहरुको हकमा जोर विजोरको नियम लागू हुने छैन् । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले भने कार्यालयको परिचयपत्रको आधारमा सवारीसाधनमा आवतजावत गर्न पाउने छन् ।

निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक अन्य व्यापार व्यवसाय बन्द गरिएको छ । एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारीसाधन, बैङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, रेडक्रस, क्वारेनटाइन, आइसोलेसन, फोहोर मैला व्यवस्थापन, कुरियर तथा डाक सेवा लगायतका ढुवानी तथा यातायातका साधन भने सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ ।

विवाह व्रतबन्ध जस्ता कार्यक्रममा अन्य जिल्लामा जानु फर्कनु पर्ने भएमा २ वटा सवारी साधनमा बढीमा सात जना सम्मको लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयबाट अनुमित लिनुपर्ने छ।

यस अवधिमा जिल्लाका काँकडभिट्टा र खजुरगाछी नाकाबाट मात्र मापदण्ड पुरा गरि आवतजावत गर्न पाइने छ । अन्य नाकाबाट आवतजावतमा पूर्ण रुपमा निषेध गरिएको छ ।

जिल्लामा दोश्रो लहरको कोरोना भाइरस संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले पहिलो पटक निषेधाज्ञा जारी गरेको हो ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);