रुकुम पश्चिममा आजबाट निषेधाज्ञा जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

रुकुम पश्चिममा आजबाट निषेधाज्ञा जारी

भरत चन्द, रुकुम । रुकुम पश्चिममा आजदेखि लागू हुने गरी बैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट सहितको संक्रमण दर तीब्र रुपमा बढीरहेकोले जिल्लाभर निषेधाज्ञा गरिएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक अनुसार संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जिल्लाभर निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको भनाई छ । निषेधाज्ञाको अवधिमा जिल्लाका सर्वसाधारणलाई अत्यावश्यक कार्य बाहेक अन्य समयमा हिंडडुल गर्न निषेध गरिएको छ ।

जारी निषेधाज्ञा उल्लंघन तथा पालना नगरेको खण्डमा प्रचलित कानुुन बमोजिम कारबाही गरिने प्रशासनले बताएको छ । तर दैनिक उपभोग्य वस्तुका लागि तरकारी र खाद्यान्न लगायत पसलहरु भने बिहान ६ बजेदेखी ९ बजेसम्म खुला गर्न पाईने भएको छ ।

रुकुम पश्चिममा एक सय ३६ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणकै कारण भने दुई जनाको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);