रुकुम पश्चिममा पुनः एकसाताका लागि निषेधाज्ञा थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुकुम पश्चिममा पुनः एकसाताका लागि निषेधाज्ञा थप

रुकुम । रुकुम पश्चिममा बैशाख १९ गतेदेखि जारी निषेधाज्ञा पुनः एकसाताका लागि थप गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ को संक्रमण दर तीब्र रुपमा बढीरहेकोले जेठ ७ गते सम्मका लागि लकडाउन थप गरिएको हो ।

जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो बैठक अनुसार संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम पुनः लकडाउन थप गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

उनका अनुसार दुईसाता देखि जारी लकडाउन अवधिमा समेत जिल्लामा कोभिड संक्रमणबाट संक्रमित हुनेको संख्या तीब्र रुपमा बढ्दै गएकोले पुनः निषेधाज्ञा थप गरिएको छ ।

लकडाउन अवधिमा जिल्लाका सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक अन्य समयमा हिंडडुल गर्न निषेध गरिएको छ । निषेधाज्ञा उल्लंघन तथा पालना नगरेको खण्डमा भने प्रचलित कानुुन बमोजिम कारबाही गरिने प्रशासनले बताएको छ ।

रुकुम पश्चिममा कोभिड १९ को नयाँ भेरियन्ट सहितको संक्रमण फैलिएसंगै ५ सय बढी सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणकै कारण हालसम्म जिल्लामा ११ जनाको मृत्यु भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);