जुम्लामा १० दिन थपियो चौथो चरणको लकडाउन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

जुम्लामा १० दिन थपियो चौथो चरणको लकडाउन

जुम्ला । जुम्ला जिल्लामा पुन तेस्रो चरणको निषेधाज्ञा जारी गरिएको छ । २१ गते राती १२ बजे तेश्रो चरणको निषेधाज्ञा समय अवधि सकिए पनि पुन १० दिनको निषेधाज्ञा थप गरिएको हो ।
जुम्लामा दिनप्रतिदिन अप्रत्यसित रुपमा कोरोना संक्रमित बढिरहेका छन् ।

साथै केही दिनदेखि कोरोना परिक्षण गर्ने क्रममा कोरोना समुदायस्तरमा फैलिएको पाइएकोले संक्रमणको साङ्लो तोड्न, रोकथाम तथा नियन्त्रण गर्न पुनः निषेधाज्ञा गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोभिड ( १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस एवं जिल्ला सुरक्षा समितिको निर्णय अनुसार मिति २०७८(०२(२१ गते राती १२ बजे देखि मिति २०७८(०२(३१ गते राती १२ बजे सम्मका लागी संक्रामक रोग ऐन, २०२० को दफा २९२० र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।

साथै यसअघि जारी आदेश र सूचना पालन गरेकोमा सम्पुर्ण जिल्लाबासीमा हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ । यस्तै, निषेधाज्ञाको समयमा अनुमानि प्राप्त साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक या निजि यात्रुवाहक सवारीसाधन सञ्चालनमा पुर्ण रोक लगाएको छ ।

यद्यपि खाद्यान्न, तरकारी ( फलफूल, दूध, बैंक, तथा बित्तीय संस्था, खानेपानी लगायतका अत्यावश्यक व्यवसायहरु भने बिहान ९ बजेसम्म मात्र जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालन गरि खुल्न पाउने भएका छन् ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);