आज विश्व वातावरण दिवस | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

आज विश्व वातावरण दिवस

काठमाडौं । आज जून ५ तारिख विश्व वातावरण दिवस ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९ सय ७४ देखि प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउन थालिएको हो । यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाइदै छ ।

वातावरण दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताउनु भएको छ ।

सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्नका लागि यो दिवसकले थप उत्प्रेरणा दिने विश्वास राष्ट्रपति भण्डारीको विश्वास छ ।

प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा पूर्वाधारको विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने राष्ट्रपति कार्यालयबाट जारी सन्देशमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);