वातावरण दिवसको अवसरमा ¥याली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

वातावरण दिवसको अवसरमा ¥याली

काठमाडौ., २२ जेठ । वातावरण दिवसको अवसरमा आज काठमाडौं उपत्यकासहित देशभर विश्व वातावरण दिवस मनाइँदै छ ।

सो अवसरमा आज ललितपुरमा ¥याली गरिएको छ । वातावरण दिवसको अवसरमा ललितपुरमा विभिन्न विद्यालयका विद्यार्थीहरुसहित आम नागरिकले वातावरण जोगाउन आवश्यक रहेको भन्दै ¥याली गरेका छन् ।

नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराकासाथ वातावरण दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।

नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । आज वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै दिवस मनाइँदै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);