औपचारिक रुपमा मनाइयो विश्व वातावरण दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

औपचारिक रुपमा मनाइयो विश्व वातावरण दिवस

सुनसरी । प्रत्येक वर्ष भव्यताका साथ मनाइने विश्व वातावरण दिवस यस वर्ष इटहरी उपमहानगरपालिकाले कोरोनाका कारण औपचारिकताको रुपमा मात्र मनाएको छ । विगत वर्षमा विभि न्नकार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइने गरे पनि यस वर्ष औपचारिक रुपमा विभिन्न स्थानमा इटहरी उपमहानगरपालिकाले वृक्षा रोपण गरेर मनाएका छन् ।

जगंल भित्रको शहर बनाउने योजना अन्तरगत प्रत्येक वर्ष वृहत वुक्षा रोपण गर्दै आएको इटहरीले अहिले सम्म ८ हजार रुख रोपिसकेको छ । यस वर्ष विश्व वातावरण दिवसको दिन उपमहानगरपालिकाले इटहरीको खनार, हासपोसा, तालतलैया लगाएकताका स्थानिय युवा तथा समाजसेविको सहयोगमा ५ सय विभिन्न प्रजातिका फलफुल तथा फुलको विरुवाहरु रोपेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);