पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५ सय ३३ सवारी साधान प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

काठमाडौँ। प्रहरीले निषेधाज्ञा उल्लंघन सवारी साधानलाई नियन्त्रण लिएको छ । पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५ सय ३३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । तीमध्ये ६ सय १४ वटा गाडी र १ हजार ९ सय १९ वटा मोटरसाइकल रहेका छन् ।

नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको पहरीले बताएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ सय ४४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५२ हजार २ सय १९ जनालाई निःशुल्क मास्क समेत वितरण गरिएको प्रहरीले जनाएको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६ सय ४ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६० हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ ।

सो क्रममा ३ हजार ४ सय २९ जनालाई रोकी सम्झाई बुझाई गरेर छाडेको प्रहरीके भनाई रहेको छ । साथै देशभर सञ्चालित ८५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ५ हजार ३ सय २७ जनालाई सचेत गराइएको पनि नेपाल प्रहरीले जानकारी दिएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको प्रहरीको भनाई रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);