‘मूल्यवान् पानी’ भन्ने नाराका साथ विश्व पानी दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘मूल्यवान् पानी’ भन्ने नाराका साथ विश्व पानी दिवस मनाइँदै

काठमाडौं, ९ चैत । ‘मूल्यवान् पानी’ भन्ने नाराका साथ यस वर्षको विश्व पानी दिवस मनाइँदै छ।

प्रत्येक वर्ष मार्च २२ तारिखका दिन मनाइने यो दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले सन् १९९३ बाट मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो ।

विश्वमा देखा परेको स्वच्छ खानेपालीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सवल बनाउनका लागि संयुक्त राष्ट्र संघले यो दिवस मनाउन थालेको हो ।

हामीले पानीका लागि जति मूल्य तिरेपनि स्वच्छ खानेपानीको महत्व त्योभन्दा बढी हुने कुरा नागरिकहरुलाई बुझाउनका लागि सयुंक्त राष्ट्र संघले यो वर्षको नारा मूल्यवान् पानी
संयुक्त राष्ट्रसघंले सन् २०३० सम्म विश्वका सबै जनसंख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ ।

दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औँ आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्वद्र्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);