विश्व पानी दिवस, पानीको धनी मुलककै जनता स्वच्छ खानेपानीबाट बन्चित | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

विश्व पानी दिवस, पानीको धनी मुलककै जनता स्वच्छ खानेपानीबाट बन्चित

पानीको उपयोग र स्रोतको संरक्षणको नारा सहित आज विश्व पानी दिवस मनाइँदै, जलस्रोतको धनी भएर पनि नेपालका लाखौं जनता स्वच्छ पानी उपभोग गर्नबाट बन्चित

विश्व पानी दिवस

काठमाडौं । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्व पानी दिवस मनाइँदै छ ।

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाले विविध कार्यक्रम गरी पानी दिवस मनाउँदै छन् ।

विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।

नेपाल ब्राजिल पछि विश्वकै दोस्रो धनी मुलुक मानीन्छ । तर, गत वर्षको महाभूकम्प र जलवायु परिवर्तनका कारण नेपालमा पानीको स्रोत घट्दै गएको विज्ञहरुले बताउका छन् ।

नेपाल विश्वकै स्वच्छ खानेपानी पाइने मुलुक मध्येमा अग्र स्थानमा रहेपनि जनचेतनाको अभाव र ठोस कार्ययोजनाको अभावमा अझै पनि लाखौं जनता स्वच्छ खानेपानी उपभोग गर्नबाट बन्चित छन् ।

 

Leave a Reply