आजबाट इपिएस फारम खुल्यो, यस्तोछ फारम भर्ने तरिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आजबाट इपिएस फारम खुल्यो, यस्तोछ फारम भर्ने तरिका

जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाको अनलाइन आवेदन आजबाट खुल्यो, आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाने

आजबाट इपिएस फारम खुल्यो

काठमाडौं । आउँदो जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाको आवेदन खुल्ला भएको छ ।

भाषा परीक्षाका लागि आजदेखि आउँदो १८ गते दिउँसो १२ बजेसम्म अनलाइनबाट आवेदन फारम भर्न सकिनेछ । आवेदन फारम भर्नु पहिले २४ डलर ग्लोबल आइएमई बैंकमा जम्मा गरेर भौचर अनलाइनबाटै पठाउनु पर्ने शाखाले जनाएको छ ।

भौचर नम्बर र पासपोर्ट नम्बर भरेपछि मात्रै अनलाइन फारमका लागि पेज खुल्ने इपिएस शाखाका निर्देशक बाबुराम खतिवडाले बताउनुभयो ।

अनलाइनमा आवेदन दिएकाको प्रवेशपत्र इमेल आइडीमा नै पठाइने भएकाले इमेलआइडी अनिवार्य हुनुपर्नेछ । आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाने भएपछि भाषा परिक्षा सञ्चालन हुन लागेको हो ।

सन् २०१८ मा कोरियामा उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली कामदार जान पाउने छन् । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाइनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्नु पर्नेछ ।

उत्पादनमुलक क्षेत्रमा फारम भर्नेले तीन उपक्षेत्र र कृषि तर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ । इपिएस कोरिया शाखाले परीक्षा एकै दिन दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ । परिक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते मात्रै तोकिने शाखाले जनाको छ ।

परिक्षार्थीले आफ्नो नतिजा आफूले प्राप्त गरेको अंक सहित हेर्न पाउने छन् । नतिजा प्रकाशन २०७४ को असार १६ गते हुने शाखाले जनाएको छ । भाषा परीक्षामा उत्तिर्ण भएपछि सीप परीक्षामा समेत सहभागी हुन सकिनेछ ।

सीप परीक्षामा उत्कृष्ट अंक ल्याउने परीक्षार्थीलाई प्राथमिकताका साथ रोजगारी दिन रोजगारदाता कम्पनीलाई इपिएस शाखाले सिफारिस गर्नेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);