कोरिया भाषा: परिक्षाको फारम भर्न आजबाट सकियो, १० हजारा कोटामा ९२ हजार आवदेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरिया भाषा: परिक्षाको फारम भर्न आजबाट सकियो, १० हजारा कोटामा ९२ हजार आवदेन

korea jan line

फूलमाया आले

काठमाडौं, १८ चैत – १० औँ रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन लगभग ९२ हजार ३ सय ७६ युवाले आवेदन दिएको इपिएस कोरिया शाखाले जनाएको छ ।

ईपीएसले आगामी जेठ २५ र २६ गते हुने भाषा परीक्षाका लागि गत चैत ८ गतेदेखि १७ गतेसम्मका लागि आवेदन आवेदन खुल्ला गरेको थियो ।सरकारले स्वदेशमै राजगोरीको ब्यवस्था गर्ने भनिरहेका बेला देशबाट बाहिरिन खोज्ने युवाहरुको लर्काे नै लागेको छ ।

१० औँ रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन इपिएस कोरिया शाखाले गत चैत ८ गतेदेखि १७ गतेसम्मका लागि खुलाएको आवेदन फाराममा ९० हजार भन्दा बढी युवाले आवेदन दर्ता गरेको शाखाले जनाएको छ । त्यस्तै चैत १८ गतेदेखि २२ गतेसम्म आवेदन दिएकाहरुको आवेदनमा त्रुटि भएमा सच्याउन समय दिने शाखाले बताएको छ । गत वर्ष ८२ हजार भन्दा बढीले आवेदन दिएका थिए भने यस वर्ष ९० हजार भन्दा बढी युवाले आवेदन दिएको इपिएस कोरिया शाखाको भनाई छ । ईपीएस शाखाका अनुसार अनलाइन बाटै फाराम र शुल्क बुझाउने व्यवस्था गरेकाले विगतमा जस्तो यसपटक बैकमा भीड लागेन । परीक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ । इपीएसले जेठ २५ र २६ गते भाषा परीक्षा सञ्चालन गर्ने छ ।

आवेदकले आफूलाई पायक पर्ने परीक्षा केन्द्र छनौट गरी पोखरा केन्द्रमा १२ हजार जनाले मात्रै आवेदन दिन पाउने व्यवस्था गरेको छ भने बाँकी सम्पूर्णले काठमाडौबाट परीक्षा दिनुपर्ने छ । कोरियाले सन् २०१९ का लागि १० हजार ५० जनाको कोटा छुट्याइएको छ । जसमा उत्पादनतर्फ ७ हजार ५० र कृषि क्षेत्रतर्फ ३ हजार जनाको कोटा तोकिएको छ । परीक्षामा सहभागी हुनेले एउटा क्षेत्र मात्र रोज्नुपर्नेछ । त्यसका साथै भाषा र सीप परीक्षामा पास भएकाले मात्रै रोजगारका लागि आवेदन दिन पाउने छन् ।

कोरियाले सन् २००८ देखि नेपाली कामदार लैजान थालेको हो । ईपीएस शाखाका अनुसार कोरियाको रोजगारदाता कम्पनीले आफूलाई चाहिने कामदारको संख्या कोरियाको मानव संसाधन विभागमा पठाउने र विभागले सबै देशका नागरिकको संख्या राखेर रोजगारदातालाई चाहिने भन्दा तीन गुणा बढी सूची उपलब्ध गराएर रोजगारदाताले छनोट गरेको व्यक्ति मात्र कोरिया जान पाउने व्यवस्था रहेको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);