बारा र पर्सा हावाहुरी: मृत्यु हुनेको संख्या ३२ पुग्यो, भिआईपीद्धारा दु:ख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

बारा र पर्सा हावाहुरी: मृत्यु हुनेको संख्या ३२ पुग्यो, भिआईपीद्धारा दु:ख व्यक्त

Tufan

काठमाडौं, १८ चैत – आइतबार साँझ बारा र पर्सा जिल्लामा वर्षासँगै आएको हावाहुरीले मृत्यु हुनेको संख्या ३२ पुगेको छ भने ५ सयभन्दा बढि घाइते भएका छन । घाइतेहरुको स्थानिय अस्पतालहरुमा उपचार भैरहेको छ । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको छ ।

आइतवार साँझ वर्षासंगै आएको हावाहुरीमा परेर वारा र पर्सा जिल्लामा ३२ जनाभन्दा वढिको मृत्यु भएको छ । हावाहुरीमा परेर ५ सयभन्दा बढि घाइते भएपछि त्यहाका स्थानिय अस्पतालहरुमा उपचार भैरहेको छ । धेरै ठूलो संख्यामा घाइते भएपछि त्यहाँका अस्पतालहरु उपचारमा कठिनाई भएको छ । उद्धारको कार्य चलिरहेकोले मृतकको संख्या अझै वढ्न सक्ने सरकारी अधिकारीहरुले जनाएका छन् ।

हावाहुरीका कारण घाइते भएकाहरुको उपचारको लागि रगत अभाव भएपछि नेपाली सेना र प्रहरी जवाहरुले रक्तदान गरेका छन् । ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन नसकेको बारा प्रहरीले जानकारी दिएको छ । हावाहुरीले विजुलीको पोल ढलेको तथा त्यसवाट करेन्ट प्रवाह हुँदा थप क्षति पुगेको थियो ।

हावाहुरी चलेको समयमा सडकमा चलिरहेका सवारी साधनमा समेत क्षति पुगेको थियो । वारामा सडकमा गुडिरहेको ट्रक पल्टिएको थियो भने अर्को एक यात्रुवाहक वस समेत अनियन्त्रित हुँदा यात्रुहरु घाइते भएका थिए ।

बारा र पर्सामा राति साढे ८ बजेबाट करिब आधा घन्टा तीब्र हावाहुरी चलेको थियो । बाराको फ्रेटा गाउँपालिका, पर्सौनी गाउँपालिका र सुवर्ण गाउँपालिकामा हावाहुरीले धेरै क्षति पु¥याएको छ । वीरगञ्जको गण्डकमा बिजुलीको पोल ढल्दा एक जनाको मृत्यु भएको छ । हावाहुरीले धेरै घर समेत भत्केका छन । कच्ची घरहरुको छानो उडाएको छ ।

प्रदेश २ सरकारले बारा र पर्सामा हावाहुरीमा परी ज्यान गुमाएकाका परिवारलाई ३ लाख दिने निर्णय गरेको छ । सोमबार विहान ७ बजे बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तत्कालको लागि राहत स्वरुप उक्त रकम दिन लागेको जनाइएको छ । प्रदेश २ को सरकारको बैठकले घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ । हावाहुरीमा भएको धनजनको क्षतीको अध्ययन तथा पुननिर्माणको लागि तीन सदस्यीय अध्ययन टोली गठन गरिएको छ ।

जसमा, आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव, समाजिक विकास मन्त्री नवलकिशोर साह र वन मन्त्री रामनरेश राय यादव रहेका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै घाइतेहरुको उपचारका लागि सरकारले कुनै कसर बाँँकी नराख्ने बताएका छन् । प्रधानमन्त्री ओली पूर्वनिर्धारित सवै कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्रको निरिक्षणमा गएका छन् । अहिलेको समय प्रि मनसुनको सिजन भएकोले यस्तो समयमा चट्याङको साथै हावाहुरीको जोखिम हुने भएकोले विशेष सावधानी अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);