उपचाररत एक बालकको मृत्युसंगै मृतकको संख्या २८ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

उपचाररत एक बालकको मृत्युसंगै मृतकको संख्या २८ पुग्यो

bara huri batas

बारा, १९ चैत । बारा र पर्सामा आइतबार राति आएको आँधी–हुरीमा परेर मृत्यु हुनेहरूको संख्या २८ पुगेको छ । मंगलबार वीरगञ्ज मेडिकल कलेजमा उपचाररत एक बालकको मृत्यु भएको हो ।

प्रदेश २ प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा फेटा गाउँपालिकाका ६ वर्षीय खयाग आलम रहेका छन् । यसअघि घटनामा बारामा २६ र पर्सामा १ जना गरी २७ जनाको मृत्यु भएको विवरणसहित गृहमन्त्रालयले नामावली सार्वजनिक गरेको थियो । घटनामा ६ सय ६८ जना घाइते भएको मध्ये २ सय ८४ जना सोमबारै उपचारपछि घर फर्किएका थिए । अन्य घाइतेको बारा र पर्सास्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइते ७ जनालाई भने नेपाली सेनाको हेलिकोप्टर र स्काई ट्रकमार्फत काठमाडौं ल्याएर त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);