अटोले स्कुटीलाई ठक्कर दिँदा बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

अटोले स्कुटीलाई ठक्कर दिँदा बालिकाको मृत्यु

motercycle durghatana

बारा। उकालोमा एक्कासी पछाडितर्फ गुडेको अटोले स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार निजगढ नगरपालिका वडा नम्बर ७ की एक बालिकाको मृत्यु भएको छ । घटनामा स्कुटी चालकसहित थप २ जना घाइते भएका छन् ।

निजगढ नगरपालिका वडा नम्बर १० स्थित गुम्बा जाने पक्की सडकको उकालोमा स्थानीय वर्ष ४५ का अमरराज घिसिङ्गले चलाएको प्रदेश २ ०३–००१ स ३२२ नम्बरको अटो एक्कासी ब्याक भएपछि पछिपछिसँगै आउदै गरेको बागमती प्रदेश ३–०४ प ३९९७ नम्बरको स्कुटीलाई ठक्कर दिएपछि स्कुटीमा निजगढ नगरपालिका वडा नम्बर ७ बस्ने शेखर पुलामीकी ७ वर्षीय छोरी सियाल पुलामीको मृत्यु भएको हो ।  बालकलाई पछाडि राखेर अटोको पछिपछि गुम्बातर्फ जाँदै गरेको अवस्थामा एक्कासी पछाडि गुडेको अटोले स्कुटीमा ठक्कर दिएको र बालक सियालसहित निजगढ ७ माझीटोल बस्ने बालकी फुपु सलिना पुलामी र स्कुटी चालक चितवन जिल्ला राप्ति नगरपालिका वडा नम्बर ४ घर भइ हाल निजगढमा डेरा गरेर बस्दै आएका अर्जुन पाठन घाइते भएका थिए ।  घाइते बालकको निजगढस्थित नेशनल मेडिकल कलेजमा उपचार गरिएको र थप उपचारको लागि मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले राति ८ः२० बजे बालकको मृत भएको घोषणा गरेका थिए ।  प्रहरीले टम्पु चालक घिसिङ्ग, मृतक बालकी फुपु सलिना र स्कुटी चालक पाठकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

घटनाको बारेमा घाइते र पीडित कसैले पनि प्रहरीलाई खबर नगरेपछि प्रहरीले आफ्नै पहलमा घाइते सलिना र अर्जुनलाई आज बिहान नियन्त्रणमा लिइएको र इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिब ओलीले जानकारी दिए । घाइते दुवैको अवस्था सामान्य रहेको पनि उनले बताए ।

 

Leave a Reply