गौरबाट १७० केजी गाँजा बरामद  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गौरबाट १७० केजी गाँजा बरामद 

रौतहट। रौतहटको गौर नगरपालिका–२ बकैया खोला किनारबाट करिब १७० किलोग्राम अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ ।

अपरिचित व्यक्तिहरूले १७ वटा पोकामा राखेर उक्त गाँजा नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।  अस्थाई प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपालको बिओपी गौर रौटहटबाट खटिएको संयुक्त प्रहरी टोलीलाई देख्नासाथ सोही स्थानमा गाँजा छोडी लाने व्यक्तिहरु फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।  हाल फरार अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);