धादिङमा ९ केजी गााँजासहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धादिङमा ९ केजी गााँजासहित दुई जना पक्राउ

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलाबाट करिब ९ किलोग्राम गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका–१ बस्ने २४ वर्षीय लिमु रजक रहेका छन् । उनीहरुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।  

खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प ३८६९ नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुको साथमा गाँजा फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यस्तै, पर्साको पटेर्वासुगौली गाउँपालिका–३ स्थित सडकबाट करिब २५ किलोग्राम गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त लागूऔषध २ जना अपरिचित ब्यक्तिहरुले भारततर्फ लैजाँदै गरेका थिए । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीलाई देख्नासाथ उनीहरु गाँजा छोडेर फरार भएका थिए । हाल फरार रहेका व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);