गाँजासहित २ जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गाँजासहित २ जना पक्राउ 

gaja vang
काठमाडौं,१ जेठ । अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।  बरामद चन्द्रागिरी नगरपालिका-२ देउराली भञ्जाङबाट गाँजा १ किलो २० ग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका ५ टुक्टिन बस्ने ३४ वर्षीय बिराज लामा र सोही ठाउँ बस्ने २८ वर्षीय शान्ताराज तामाङ रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको प्र–३–०२–००९ प ४६८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।
सर्लाही, ब्रहम्पुरी गाउँपालिका–५ सखुअवा नाकाबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम आइतबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पर्सा र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सखुअवाबाट गस्तीमा खटिएको संयुक्त प्रहरी टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३० डी ५८८५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरू मोटरसाइकल छोडी फरार भएपछि बोरामा रहेको उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);