लागूऔषधसहित ७ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

लागूऔषधसहित ७ जना पक्राउ

रूपन्देही,११ चैत्र । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ परेका छन् । रोहिणी गाउँपालिका–३ रामनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७५ ग्राम ४ सय १० मिलिग्रामसहित सोही गाउँपालिका–३ चैनपुरूवा बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले लु.४८ प ८८७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी,चितवनको भरतपुर महानगरपालिका–११ धमिली पुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोही महानगरपालिका–३ बेलटाँडी बस्ने १९ वर्षीय आसिक मियाँलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना। २ प ९९९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै,चितवन, भरतपुर महानगरपालिका(३ पुलचोकबाट अवैध लागूऔषध गाँजा २ किलोसहित सोही महानगरपालिका(‍२ बेलटाडी बस्ने २४ वर्षीय विदुर उप्रेतीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले बा।प्र।०३००३ प ८१६७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी चितवन, राप्ती नगरपालिका(१ लोथरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका(१६ बस्ने ३० वर्षीय सन्दिप पन्त र सोही महानगरपालिका(४ लंकु बस्ने २९ वर्षीय बिधान गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले गण्डकी प्रदेश ०४(००१ प १९६७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);