पाठेघरको मुखको क्यान्सरबिरुद्धको ह्युमन प्यापिलोमा भाइरस एचपीभी खोपको दोस्रोमात्रा बहिीबार मात्रै सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पाठेघरको मुखको क्यान्सरबिरुद्धको ह्युमन प्यापिलोमा भाइरस एचपीभी खोपको दोस्रोमात्रा बहिीबार मात्रै सुरु

चैत्र ८ पाठेघरको मुखको क्यान्सरबिरुद्धको ह्युमन प्यापिलोमा भाइरस एचपीभी खोपको दोस्रोमात्रा वागमती प्रदेशमा दोसँेदिन बहिीबार मात्रै सुरु भएको छ ।

बुधबारदेखि सुरुभएको दोसे मात्राको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान वागमती प्रदेशमा बिहीबारमात्र थालिएको हो ।

यसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका किशोरी बालबालिकालाई काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट खोपको दोस्रो मात्रा दिइएको छ ।

एचपीभीका जीवाणुका २ सय बढी प्रजाति हुने र तीमध्ये १६ र १८ प्रजातिले क्यान्सर गराउने हुनाले सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यही वर्षबाट १४ वर्ष पूरा भएका र १५ वर्ष ननाघेका किशोरीहरूलाई निःशुल्क खोप लगाउने अभियान सुरुगरिएको हो ।

दोस्रो मात्राको खोप अभियानमा चैत्र ६ गते लुम्बिनी प्रदेशमा र ७ गते कोशी, गण्डकी,कर्णाली र मधेस गरी एकै दिन चार प्रदेशमा खोप लगाइएको छ ।

चैत्र ८ गते आज वागमतीमा र चैत १५ गते सुदूरपश्चिम प्रदेशमा खोप दिइँदैछ । एचपिभी खोप ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट यो खोप दिन शुरू गरिएको हो ।

९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई लगाइने एचपीभी खोपको पहिलो मात्रा लाएको ६ महिनापछि दोस्रो मात्रा लगाउनुपर्ने सरकारले जनाएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);