इजिप्ट विश्वकपको नकआउट चरणमाः समर्थकद्वारा ऐतिहासिक सफलताको भव्य उत्सव | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

इजिप्ट विश्वकपको नकआउट चरणमाः समर्थकद्वारा ऐतिहासिक सफलताको भव्य उत्सव

सन् २०२६ को फिफा विश्वकपमा इजिप्टको राष्ट्रिय टोली पहिलो पटक समूह चरण पार गर्दै नकआउट चरणमा प्रवेश गरेपछि देशभर उत्सव मनाइएको छ । इजिप्टका क्याफे, घर र अपार्टमेन्टका बार्दलीहरूमा समर्थकहरूको उत्साहजनक नाराबाजी र खुशीयाली सुनिएको थियो । समूह ‘जी’ को आफ्नो अन्तिम खेलमा इरानसँग १–१ गोलको बराबरी खेल्दै ‘द फ्यारोज’ उपनामले चिनिने इजिप्टको टोलीले ऐतिहासिक उपलब्धि हासिल गरेको हो । यो बराबरीसँगै इजिप्टले तीन खेलबाट ५ अंक जोड्दै समूहको दोस्रो स्थान सुरक्षित ग¥यो ।

सोही समूहको अर्को खेलमा न्युजिल्याण्डलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको बेल्जियम समूह विजेताको रूपमा अर्को चरणमा पुगेको छ । विश्वकपको इतिहासमा इजिप्टको यो चौथो सहभागिता हो । यसअघि सन् १९३४, १९९० र २०१८ मा विश्वकप खेलेको इजिप्ट पहिलो पटक नकआउट चरणमा पुग्न सफल भएको हो । समर्थकहरूले आफ्नो टोलीको यो यात्रा अझै अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । ऐतिहासिक सफलता हात पारेको इजिप्टले अब आगामी जुलाई ३ मा हुने ‘राउन्ड अफ ३२’ को खेलमा अस्ट्रेलियाको सामना गर्नेछ ।

Leave a Reply

ताजा समाचार