उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योग व्यवस्थित गरी सरकारले नै चलाउनुपर्नेमा सांसदहरुको जोड | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योग व्यवस्थित गरी सरकारले नै चलाउनुपर्नेमा सांसदहरुको जोड

सांसदहरुले उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योग व्यवस्थित गरी सरकारले नै चलाउनुपर्नेमा जोड दिएका छन् ।

बिहीवार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुले उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योग सरकारले नै चलाउनुपर्नेमा जोड दिएका हुन ।

उनीहरुले सरकारले सञ्चालन गरेको उद्योगहरु निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नसक्ने हुनुपर्ने बताए ।

सांसदहरुले सरकारले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्नसक्ने आँट र क्षमता छ ? भन्दै उद्योग मन्त्रीलाई प्रश्न समेत गरे ।

सांसदहरुले उद्योगहरुलाई व्यवस्थित बनाउनको लागि सरकारले नयाँ रणनीति बनाउन सुझाव दिएका छन् ।

दुई उद्योगको नयाँ क्षमता,सोच,नयाँ व्यवस्थापनका साथ जानुको विकल्प नभएको भन्दै सांसदहरुले निजी साझेदारीमा जान पनि पर्याप्त छलफल आवश्यक रहेको उल्लेख गरे । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);