२६ वर्ष पछि स्तरोउन्नति हुँदै उदयपुर सिमेन्ट उद्योग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२६ वर्ष पछि स्तरोउन्नति हुँदै उदयपुर सिमेन्ट उद्योग

udaypur cement

गोपाल पोखरेल
उदयपुर, २६ असोज । स्थापनाको २६ बर्ष पछि मुलुककै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको स्तरोन्तति तथा मर्मत गरिएको छ । स्थापनाकालमा जडान गरिएका मेसिन खिएर काम नलाग्ने अबस्थामा पुगेपछि उद्योग व्यवस्थापनले करीव ३ दर्जन भारतीय प्राविधिक टोली झिकाएर उद्योगको स्तरोन्नति तथा मर्मत गरेको हो ।

उद्योगको मुख्य भाग मानिने किल्न, प्रिहेक्टर, ग्रावल, बेड फिल्टर, मुख्य गियर बक्सलगायतका २२ ओटा ठूला यन्त्र परिवर्तन गरी नयाँ जडान गरिएको छ । त्यसैगरी टुइन डक, एक्पेन्सन जोइन्ट, वायर लगाएतका सम्पूर्ण सामग्री परिवर्तन गरी उद्योगलाई लक्ष्य अनुसार उत्पादन दिन सक्ने अबस्थामा लगिएको छ ।

पार्टपूर्जा र केही महत्वपूर्ण मेसिनहरु पुराना भएकाले सोचे अनुसार उत्पादन बढाउन नसकेपछि गत बर्ष उद्योग व्यवस्थापनले क्षमता विस्तारको योजना तयार गरेर सरकारसँग दुई अर्व १२ करोड रुपैयाँ ऋण सहयोग मागेको थियो । तर त्यो योजना अलपत्र परेपछि उद्योगले आफ्नै लगानीमा मर्मत गरेको हो । कतिपय नयाँ मेसिनहरु परिवर्तन गर्दा र कतिपयलाई मर्मत गर्दा करीव ७ करोड रुपैयाँ खर्च भएको आआर्थिक प्रशासन महाशाखा प्रमुख ध्रुबकुमार देवकोटाले जानकारी दिए ।

पुन मर्मतपछि उद्योगले बिगतको तुलनामा दैनिक ५० टन सिमेन्ट बढी उत्पादन गर्ने, विद्युत कोइला लगाएतको खपत घटाउने र लागत कम हुने उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलको भनाई छ ।

२०४४ सालमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योगले २०४९ सालदेखि उत्पादन सुरु गरेको थियो । जापानको वाइसिएफ (ओभरसिज इलेक्ट्रोनिक कोअपरेशन फन्ट) को १८ अर्ब ७७ करोड जापानी येन ऋण सहयोग र नेपाल सरकारको ४४ करोड ३७ लाख ५१ हजार रुपैयाँ लागानीमा गैंडाको लोगो भएको उदयपुर उद्योग सिमेन्ट उद्योग स्थापना भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);