क्लिङकर उत्पादन बन्द हुँदा करोडौँको नोक्सानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

क्लिङकर उत्पादन बन्द हुँदा करोडौँको नोक्सानी

udaypur cement

गोपाल पोख्रेल
उदयपुर, १८ असार । मुलुककै ठूलो उदयपुर सिमेन्ट उद्योगको क्लिङकर उत्पादन कार्य एक महिनादेखि बन्द हुँदा करोडौं रुपैयाँ नोक्सानी भएको छ । विद्युत भोल्टेज गढबढीले गत जेठ २० गते पाँच सय किलोवाट क्षमताको हाइटेन्सन मोटरमा क्षति पुगेपछि उद्योगको क्लिङकर उत्पादन कार्य बन्द भएको हो ।

नेपालमा सरकारी स्वामित्वमा रहेको दुई वटा सिमेन्ट उद्योगहरु मध्ये एक उदयपुर सिमेन्ट उद्योगमा विगत एक महिनादेखि क्लिङकर उत्पादन बन्द रहेको छ । क्लिङकर उत्पादन एक महिनदेखि बन्द हुँदा करोडौँ नोक्सानी भईरहेको छ । विद्युत भोल्टेज गढबढीले गत जेठ २० गते पाँच सय किलोवाट क्षमताको हाइटेन्सन मोटरमा क्षति पुगेपछि उद्योगको क्लिङकर उत्पादन कार्य बन्द भएको हो ।

मोटर पुन मर्मतका लागि बुटवलस्थित नेपाल इन्जिनियरिङ हाइड्रो वर्कसपमा लगिएपनि त्यसको मर्मत भइसकेको छैन । आगामी २५ गतेभित्र मर्मत तथा जडान सम्पन्न गरिसक्ने लक्ष्य रहेको उद्योग प्रशासनले जनाएको छ ।

उद्योगले चालु आर्थिक बर्षमा एक लाख ३२ हजार टन क्लिंकर उत्पादन गर्ने लक्ष्य राखेको थियो । जेठ १९ गतेसम्म एक लाख २२ हजार टन उत्पादन भएकोमा लक्ष्यमा पुग्नै लाग्दा हाइटेन्सन मोटरमा क्षति पुगेपछि उत्पादन बन्द भएको हो । दैनिक सात सय ५० देखि आठ सय मेट्रिक टन सिमेन्ट क्लिंकर उत्पादन हुँदै आएको उद्योगले मोटर बिग्रिएपछि दैनिक ७५ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको निमित्त महाप्रबन्धक साहको भनाई छ ।

वि.सं २०४४ मा स्थापना भएको उद्योगले शुरुका वर्षमा जापान सरकारबाट सञ्चालन हुँदा आठ सय मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गरेको थियो । त्यसपछिका वर्षहरुमा विद्युत् अभाव तथा कटौतीका कारण दैनिक छ सयदेखि छ सय ५० मेट्रिक टन मात्र सिमेन्ट उत्पादन गर्दै आएकोमा गत बर्ष पुराना पार्टपूर्जाको मर्मत गरिएपछि उत्पादन बढेर सात सय ५० देखि आठ सय मेट्रिक टन पुगेको थियो ।

जापान सरकारले नेपाल सरकारलाई २०५१ सालमा हस्तान्तरण गरे लगत्तै महाप्रबन्धक र अध्यक्ष पद राजनीतिक नियुक्तीका आधारमा हुन थालेपछि उत्पादन ह्वात्तै घटेर दुई सयदेखि दुई सय ५० मेटिक टनमा सिमित हुँदै आएको थियो । दुई वर्षअघिसम्म वार्षिक रु १० करोडभन्दा माथि घाटामा रहेको उद्योगको भौतिक र प्राविधिक व्यवस्थापन गरेपछि गत वर्षदेखि नाफामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);