बारा र पर्साका सिमेन्ट उद्योगहरु संकटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बारा र पर्साका सिमेन्ट उद्योगहरु संकटमा

श्याम गुप्ता

बारा, २० जेठ । पछिल्लो समय बारा र पर्साका सिमेन्ट उद्योगहरुलाई बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भएको छ । आफ्नो खानी नभएका कारण बजारमा अहिले स्थापित भएका नयाँ ठुला सिमेन्ट उद्योगहरुसंग प्रतिस्पर्धा गर्न बारा र पर्साका सिमेन्ट उद्योगहरु सकंटमा परेका हुन् ।

बारा र पर्साका सिमेन्ट उद्योगहरुले कच्चा पदार्थ आयात गर्नु पर्दा लागत महंगो हुन गएको छ । भारतीय रेलवेले २०७४ पुस ७ देखि वीरगन्ज–रक्सौलको रेलवे यार्डमा क्लिंकर लोड अनलोड बन्द गरेको थियो ।

त्यहाँको सिमेन्ट उत्पादनको लागि आवश्यक क्लिङकर रक्सौलबाट आयात हुन बन्द भएको छ । त्यहाँबाट ढुवानी बन्द भएपछि एक सय २५ किमी टाढाबाट आयात गर्र्न पर्दा ढुवानी खर्च बढेर र भन्सार खर्च पनि बढेकाले बारा र पर्साका सिमेन्ट उद्योगहरुलाई प्रतिस्पर्धा गर्न कठिन भएका हो ।

बारा र पर्सामा विभिन्न १३ वटा सिमेण्ट उद्योगहरु सञ्चालनमा रहेका छन् । उद्योगहरुबाट दैनिक २० हजार टन सिमेन्ट उत्पादन हुने गरे पनि हाल घटेर करिब १० हजार टन बराबर उत्पादन भई बजारमा जाने गरेको छ ।

एक सय २५ टन उत्पादन क्षमता भएका कतिपय साना सिमेन्ट उद्योगहरुले उत्पादन समेत न्यून मात्रामा गर्दै आएका छन् । भारतीय कार्गो रेल वीरगन्ज सुख्खा बन्दरगाहसम्म आउने भएकोले भारतबाट आयात गरिने कच्चा पदार्थका लागि सरकारले जग्गा व्यवस्थापन गरिदिए समस्या समाधान हुन सरोकारवाला बताउँछन् ।

बारा र पर्साका सिमेन्ट उद्योगले कच्चा पदार्थको आयातमा विगत डेढ वर्षदेखि हैरानी खेपिरहेका छन् । केही समय अघिसम्म पि.ए.सी, ओ.पी.सि, पि.पि.सि सिमेन्टको बजार मूल्य आठ सय देखी ९ सयसम्म रहेको थियो ।

अहिले यिनै तीन प्रकारका उत्पादनहरुको बजार मुल्य पाँच सय ५० देखी ६ सय ५० सम्म रहेको छ । वीरगन्जका सिमेन्ट उद्योगहरुले सिमेन्ट बनाउने कच्चा पदार्थ सेलेट, क्लिङकर, फलाईस भारतबाट र जिप्सन भुटानबाट आयात गर्ने गरेका छन् । पछिल्लो समय क्लिङकर भने नेपाल मैं उत्पादन हुन थालेपछि नेपाल कै उद्योगबाट खरिद गर्ने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);