बारा । बारा जिल्लाको कोल्हबी जाँदै गरेको अवस्थामा अचानक आफ्नै चक्का पड्केर बिहान ९ः१० बजे एक ट्रकमा आगलागी भएको छ ।
पथलैया देखि तामागढी सडक खण्ड हुदैं कोल्हबी जाने क्रममा सो घटना भएको हो । आगलागी भएको ट्रकले सिमेन्ट बाकेको थियो । आगलागीबाट करिब २ लाख ५० हजार मूल्यको सिमेन्ट ४ सय २० बोरा र १५ लाख ५० हजार रुपैयाँको ट्रकमा क्षति पुगेको छ ।
पथलैया देखि कोल्हबी जाने भित्री जंगलको बाटोमा ना। ४ ख। ९५९८ नम्बरको ट्रकमा आगलागी भएको छ ।
उक्त आगलागी भएको ट्रकमा पुर्ण रुपले क्षति भएको छ भने कुनै मानविय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।




