पर्सामा जारी लकडाउन बैशाख ३० गते सम्म लम्ब्याउन सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पर्सामा जारी लकडाउन बैशाख ३० गते सम्म लम्ब्याउन सिफारिस

बीरगञ्ज प्रदेश नं २ जिल्लाको भिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले पर्सामा जारी लकडाउनलाई बैशाख ३० गते सम्मका लागि लम्ब्याउन सिफारिस गरेको छ ।

बैशाख १६ गते देखि लगाएको निषेधाज्ञा बुधबार बिहान सकिन लागेकोमा फेरि बैशाख ३० गते सम्मका लागि थपिएको हो ।

जिल्लाको भिड संकट व्यवस्थाप नकेन्द्रको मंगलबार बसेको बैठकले बैशाख ३० गते राति १२ बजे सम्मको लकडाउन लगाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो ।

बीरगन्ज स्थित नारायणी अस्पतालका बेडहरु संक्रमितले भरिएका छन् । बेड नपाएर अधिकांश संक्रमित होम आइसोलेसनमै बसिरहेका छन् ।

पछिल्लो एक हप्ताको तथ्यांक हेर्ने हो भने दैनिक सरदर १ सय देखि १५० दिनहुँ थपिरहेका छन् ।

घरघरै संक्रमित बढेपछि निषेधाज्ञा लगाएरको भिड फैलिनबाट रोक्ने प्रयास जिल्ला प्रशासन कार्यालयले गरिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);