राष्ट्रपतिद्वारा संसद् विघटन प्रस्ताव स्वीकृत, नयाँं चुनाव बैशाख १७ र २७ गते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपतिद्वारा संसद् विघटन प्रस्ताव स्वीकृत, नयाँं चुनाव बैशाख १७ र २७ गते

काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको संसद् विघटना सिफारिस स्वीकृत गर्नुभएको छ । साथै नयाँं चुनावको तिथि समेत तोकिएको छ । चुनावका लागि बैशाख १७ र २७ गरी दुई चरणमा तोकिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको थिए । बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भएको थियो । यसअघि सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);