प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारी समक्ष संसद बिघटनको सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारी समक्ष संसद बिघटनको सिफारिस

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष संसद बिघठनको सिफारिस गर्नुभएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष संसद् विघटनका लागि सिफारिस गर्नुभएको हो ।

प्रधानमन्त्रीले २०७८ बैशाख महिनामा संसदको निर्वाचन गर्नेगरी बतृमान संसद बिघठनको सिफारिस गर्नुभएको बताइएको छ । सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, सत्रारुढ नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ । सरकारले अध्यादेश अझै फिर्ता लिएको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);