संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने नेकपा स्थायी कमिटी बैठकको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने नेकपा स्थायी कमिटी बैठकको निर्णय

अर्काे बैठक पुष ५ गते बस्ने

काठमाडौं, १ पुष । सत्तारुढ दल नेकपाको बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

त्यसैगरी बैठकले संसद अधिवेशन मागको निवदेन पनि फिर्ता गर्ने निर्णय गरेको छ । सरकारले अध्यादेश जारी गरेपछि बुधबार नेकपाका सांसद संसद् अधिवेशन मागको निवेदन लिएर राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए । स्थायी कमिटी बैठक बस्नुअघि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो ।

छलफलमा ओलीले अध्यादेश फिर्ता लिने र असन्तुष्ट समूहले विशेष अधिवेशनका लागि निवेदन दर्ता नगराउने सहमति भएको थियो । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेश र बिषेश अधिवेशन मागको निर्णय फिर्ता गर्ने स्थायी कमिटीले निर्णय गरेको जानकारी दिनुभयो ।

स्थायी कमिटीको अर्को बैठक यही पुष ५ गते बस्नेछ भने पुष ५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटीको बैठक पुष १० गते बस्ने निर्णय भएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।स्थायी कमिटी बैठकले संवैधानिक निकायमा गरिने नियुक्तिहरु पार्टीको निर्णय र सहमतिमा गर्ने निर्णय समेत गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो । उक्त अध्यादेश जारी भएपछि नेकपाको आन्तरिक विवाद थप जटिल बनेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);