सम्वैधानिक परिषद सम्बन्धि अध्यादेशमा सर्वाेच्चमा आज सुनुवाई हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सम्वैधानिक परिषद सम्बन्धि अध्यादेशमा सर्वाेच्चमा आज सुनुवाई हुँदै

Sarbocha adalat

काठमाडौं, ३ पुष । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको रिटको सुनुवाई संवैधानिक इजलासमा हुँदैछ । सरकारले अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले सर्वाेच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

दुवै रिटको प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा,दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सुुनुवाई हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गत मंगलबार अध्यादेश जारी गर्नुभएको थियो । अध्यादेश जारी पछि सत्तारुढ नेकपाको विबाद उत्कर्षमा पुगेको थियो ।

चौतर्फी विवादपछि नेकपाको गत बुधवार बसेकोे स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने बताउनु भएको थियो । तर अध्यादेश अहीलेसम्म फिर्ता भने भएको छैन ।

६ सदस्यीय संवैधानिक परिषद्मा सरकारले अध्यादेशमार्फत परिषदका अध्यक्षसहित तीनजना मात्रै उपस्थित भएर समेत निर्णय गर्नसक्ने गरी ब्यवस्था गरेको थियो । सोही बिरुद्ध अधिवक्ताद्वयले सर्वाेच्चमा रिट दायर गरेका हुन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);