दल विभाजनसम्बन्धी अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी जारी गरेको अध्यादेशविरुद्ध परेका रिटहरुको शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

सरकारले भदौ १ गते राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा दल विभाजनको व्यवस्थालाई खुकुलो पार्न संशोधन गर्दै अध्यादेश जारी गरेको थियो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत पु¥याउनुपर्ने व्यवस्थालाई संशोधन गर्दै २० प्रतिशतमा झारेर अध्यादेश जारी गरिएको थियो ।

सो अध्यादेशविरुद्ध ६ वटा रिट परेको थियो । ती रिटहरुको आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । चालु रहेको संसद अधिवेशनको हठात अन्त्य गर्दै जारी गरिएको अध्यादेश खारेज हुनु पर्ने माग रिट निवेदकले गरेका छन् ।

सो रिटका लागि गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

माधवकुमार नेपाल पक्षलाई एमालेबाट टुक्रिन सहज बनाउने उद्देश्यले जारी गरेको अध्यादेशको आधारमा एमाले विभाजन भईसकेको छ । माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी नयाँ दल दर्ता गराईसकेका छन् ।

त्यसैगरी अध्यादेशले जसपाका असन्तुष्ट पक्षलाई समेत दल विभाजन गर्न सहज बनायो । महन्थ ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);