प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा आजदेखि सुनुवाइ सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा आजदेखि सुनुवाइ सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा आजबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिवद्धता जनाएसँगै संवैधानिक इजलासमा सुनुवाइ सुरु हुने भएको हो । यसअघिको इजलास विवादमा परेपछि वरिष्ठताका आधारमा इजलास बनाउन न्यायाधीशहरुले दबाब दिएका छन् ।

दोस्रोपटक भएको प्रतिनिधिसभा विघटनको रिट निवेदनको सुनुवाइका लागि पिक एण्ड चुजका आधारमा इजलास गठन गरेपछि विवादमा तानिएका राणाले शुक्रबार भने वरिष्ठताका आधारमा इजलास गठन गरेपछि नागरिकता अध्यादेशविरुद्ध परेका रिट निवेदनको सुनुवाईका लागि संवैधानिक इजलासमा पेशी तोकिएको थियो ।

प्रधानन्यायाधीश राणाले यसअघि गठन गरेको संवैधानिक इजलासमा राखिएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयमा विवाद भएको थियो ।

इजलासमा रिट निवेदकतर्फका अधिवक्ताहरूले न्यायाधीशद्वयबारे आपत्ति जनाएका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेको कार्य असंवैधानिक भन्दै सर्वोच्च अदालतमा ३० मुद्दा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);